काठमाडौं, १७ असार । नेपाली बजारमा कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुन—चाँदीको मूल्य घटेको छ।
आज सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेको हो।
बिहीबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।