Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सेयर बजारमा छलाङ, नेप्से परिसूचक ७४. ९३ अंकले बढ्यो


2.1K
Shares

सेयर बजारमा छलाङ, नेप्से परिसूचक ७४. ९३ अंकले बढ्यो

काठमाडौं, १६ असार । बिहीबार सेयर बजार उच्च अंकले बढेको छ ।

यस दिन नेप्से परिसूचक ७४.९३ अंकले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको हो । केहीदिन यता निरन्तर उकालो लाग्न थालेको नेप्सेमा अघिल्लो दिन पनि ४१ अंकको सुधार भएको थियो ।

झण्डै ७५ अंकले बढेको बजारमा आज आधा दर्जनमाथिका कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन ट्रेडिङ समूहको उपसूचक अधिकतम ७.३१ प्रतिशतले वृद्धि भएको छ भने फाइनान्स समूह ६.९८ प्रतिशतले र विकास बैंक समूह ६.१३ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, म्यानु एण्ड प्रो ५.१२ प्रतिशतले, अन्य समूह ५.९२ प्रतिशतले, होटल तथा पर्यटन ४.८८ प्रतिशतले, हाइड्रोपावर ४.८६ प्रतिशतले, माइक्रोफाइनान्स ४.८१ प्रतिशतले, निर्जीवन बीमा ४.७८ प्रतिशतले बढेको छ ।

इनभेष्टमेन्ट समूह र जीवन बीमा समूह क्रमशः ३.३९ प्रतिशतले र ३.०६ प्रतिशतले बढेको बजारमा आज बैंकिङ समूह २.२० प्रतिशतले र म्यचुअल फन्ड समूहको उपसूचक २.६७ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology