तनहुँ, १५ असार । तनहुँको ब्यास स्थित देउरालीमा बोलेरोले ठक्करले दिदाँ मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
व्यास नगरपालिका १२ देउरालीस्थित सडकमा बा. ४३ प ३०२० नम्बरको मोटरसाइकललाई ग. ३ च ४१८२ नम्बरको बलेरोले मंगलबार साँझ ठक्कर दिदाँ मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका १३ घर भएका २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा सवार मकवानपुर भिमफेदी गाउँपालिका १ घर भएका २३ वर्षीय दिपेश गोले रहेको तनहुँ प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा राती मृत्यु भएको हो । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।