Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

विप्लव समूहका ओम पुनसहित चार केन्द्रीय सदस्यले माओवादी प्रवेश गर्ने


2.4K
Shares

विप्लव समूहका ओम पुनसहित चार केन्द्रीय सदस्यले माओवादी प्रवेश गर्ने

काठमाडौं, १३ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट अलग भएका ओमप्रकाश पुनसहितका चार केन्द्रीय सदस्य आगामी बुधबार (असार १५ गते) नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराउने प्रचण्डको सचिवालयले जनाएको छ ।

‘ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्र प्रवेश गर्ने भएपछि उहाँहरु अरु नेतालाई एकतामा ल्याउन गृहकार्य गरी जारी राख्नुभएको छ’ प्रचण्डको सचिवालय स्रोतले भन्यो,‘ उहाँ (पुनसहित) सहित चार केन्द्रीय सदस्य बुधबार पार्टी प्रवेश गर्ने फिक्स भयो । समय निर्धारण हुन मात्रै बाँकी छ ।’

पुनसहित केन्द्रीय सदस्य शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परियार छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology