सवारी दुर्घटनाबाट घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीलाई थप उपचारका लागि काठमाण्डौं ल्याइदै छ । उहाँलाई उपचारका लागि लागि हेलिकोप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।
आज दिउँसो महोत्तरीको बर्दिबासस्थित रातु खोलाको पुलमा उहाँ सवार कार दुर्घटनामा परी महासचिव मैनाली सहित छोरा, बुहारी, नाती र चालक पनि घाइते भएका छन्।
मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। मैनालीको दाहिने खुट्टा भाँचिएको छ भने टाउकोमा चोट लागेको छ ।