गोरखा १२ असार : गोरखा नगरपालिका मेयर कृष्णबहादुर राना मगरले एकिकृत माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग आज भेटघाट गर्नुभएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा गोरखा नगरपालिकाको बिकास निर्माणको पक्षमा छलफल भएको हो । छलफलमा अध्यक्ष प्रचण्डले गोरखा नगरपालिकाको बिकासका लागि पार्टीको तर्फ सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुदै इमान्दारिता पूर्वक जनताको पक्षमा काम गर्न निर्देशन दिनुभयो ।
उहाँले माओबादी केन्द्रले जितेका स्थानीय तहहरुलाई नमुना बनाउनु पर्ने भन्दै पार्टी घोषणा पत्र अनुसार बिकास निर्माणको कामलाई तिव्र रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले गोरखा नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा बिकास गर्नुपर्नेमा जोड दिनुभयो । भेटमा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा, नेकपा माओबादी केन्द्र गोरखाका संयोजक तथा गण्डकी प्रदेश सभाका सांसद लेखबहादुर थापाको पनि सहभागी हुनुहुथ्यो ।

यसै बिच नगरप्रमुख रानामगरले आज नै संघिय सरकार अर्थमन्त्री जर्नादन शर्मा प्रभाकर संग पनि भेटघाट गर्नुभएको छ । भेटमा अर्थमन्त्री शर्मालाई मेयर रानामगरले नगरपालिकाको बिकासमा आर्थिक समस्या रहदै आएको भन्दै बिकास निर्माणका काममा आबश्यक सहयोग गरिदिन आग्रह गर्नुभयो ।

मेयर रानामगरले नगरपालिकालाई नेपालको एक प्रमुख पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्ने योजनामा आफु रहेको भन्दै त्यसका लागि अर्थमन्त्रालयको तर्फबाट सहयोग गरिदिन आग्रह गर्नुभयो । जबाफ अर्थमन्त्री शर्माले नगरपालिकाको बिकासका लागि सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।