Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बोलेरो गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु


2K
Shares

बोलेरो गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं, १२ असार । इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

माङसेबुङ गाउँपालिका— २ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

शनिबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक जाँदै गरेको मे १ ज ४८७ नम्बरको गाडी सडकबाट दुई सय मिटर तल खसेको थियो।

गाडी खस्दा पाँचथर मिक्लाजुङ गाँउपालिका—५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाँउपालिका—६ का ५० वर्षीय प्रकाश राईको मृत्यु भएको हो।

सो दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो। पदमकुमारीको उपचारको लागी दमक अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

बोलेरो चालक तत्काल फरार छन्। उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology