Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि


1.9K
Shares

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ९ असार । पछिल्लो २४ घन्टामा देशभर थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४९ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ४९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार २३४ जनाको पिसिआर र १२६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १६३ जना सक्रिय संक्रमित छन्।

१२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology