Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अफगानिस्तानमा भूकम्पपछि भारी वर्षा र बाढी, पीडितको उद्दारमा कठिनाई


1.8K
Shares

अफगानिस्तानमा भूकम्पपछि भारी वर्षा र बाढी, पीडितको उद्दारमा कठिनाई

एजेन्सी, ९ असार । अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा भत्किएका भग्नावेशमा मानिस पुरिएको आशंका गरिएको छ । भूकम्पमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अफगानिस्तानको स्वास्थ्य प्रणाली विपद् अगाडि नै ‘कोल्याप्स’ को अवस्थामा पुगेको थियो । भूकम्प पीडितको उद्दार र राहतका लागि तालिबानले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । वर्षापछिको बाढीले सडक प्रभावित भएको छ ।

‘हामी प्रभावित क्षेत्रमा राम्रोसँग पुग्न सकेका छैनौँ । नेटवर्कहरू धेरै कमजोर छन्’ एक तालिबान प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology