Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा अपमानित गर्न खोजेपछि एक्लै उठ्दा ११ मध्ये ९ पालिका जितियो : प्रचण्ड


3.1K
Shares

गोरखामा अपमानित गर्न खोजेपछि एक्लै उठ्दा ११ मध्ये ९ पालिका जितियो : प्रचण्ड

गोरखा, ९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० मा भएको स्थानीय तह चुनावमा गोरखामा ११ मध्ये ९ पालिका माओवादीले जितेर राम्रो उदाहरण पेश गरेको बताउनु भएको छ ।

सत्ता गठबन्धनबीच गोरखामा चुनावी गठबन्धन गर्न खोज्दा माओवादीलाई सम्मानजनक सिट नदिइएको र एक्लै उठ्न आफूले दिएको निर्देशनअनुसार पार्टीका उम्मेदवारहरू जितेको प्रचण्डको भनाइ थियो।

आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले ०७४ मा हारेका पालिकामा यसपालि माओवादीले जितेको पनि बताउनु भएको थियो।

‘यो पटक गोरखाले नयाँ उदाहरण प्रस्तुत गर्‍यो। त्यहाँ गठबन्धन गर्न निकै कसरत भयो। तर गठबन्धन गर्दा हामी माओवादीलाई अलि बढी नै अबमूल्ययन गर्ने र धेरै नै अपमानित गर्ने देखेपछि मैले त्यहाँका कमरेडहरूलाई भने—अलि दह्रो आत्मविश्वासका साथ एक्लै चुनाव लड्न जानुभयो भने बढी जितिन्छ। अन्ततः ११ मा ९ स्थानीय तह माओवादीले जित्यो,’ उहाँले भन्नुभयो।

साथै उहाँले गोरखामा जिसस पनि माओवादीले एकलौटी जितेको बताउनु भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology