काठमाडौं, ९ असार। काठमाडौंको बूढानीलकण्ठमा एक जना महिलाको शव फेला परेको छ ।
बूढानीलकण्ठ नगरपालिका— ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर—८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्रेको छ ।