काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गर्नु भएको छ ।
काठमाडौंमा पार्टी घोषणा गर्दै उहााले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताउनु भयो ।
उहाँले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएको जानकारी दिनुभयो । पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको बसुन्धरामा खोलिएको छ ।