काठमाडौं, ५ असार । भारतमा आइतबार एउटा जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ।
आइतबार दिउँसो बिहारको पटनाबाट राजधानी दिल्लीका लागि उडेको स्पाइसजेटको जहाजमा टेकअफका बेला चरा ठोक्किएको थियो। उडेको केहीबेरमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको हो।
एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो ।
विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक दलका सदस्य सबै सकुशल छन् ।
पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका हुन् ।