Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

फट्के तर्ने क्रममा नदीमा खसेर एक गर्भवती महिलाको मृत्यु


3.8K
Shares

फट्के तर्ने क्रममा नदीमा खसेर एक गर्भवती महिलाको मृत्यु

काठमाडौं, २ असार। डोटीमा फट्के तर्ने क्रममा सेती नदीमा खसेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ ।

रोपाईं गर्नका लागि नदी पारी रहेको खेतमा जान खोज्दा आदर्श गाँउपालिका—६ की १८ वर्षीया ढुल्लु अधिकारीको फट्केबाट नदीमा खसेर मृत्यु भएको स्थानीयले जनाएको छ।

नदीमा खसेकी उहाँको शव फट्के नजिकै फेला परेको थियो । स्थानीयबासिन्दाका अनुसार गत मंसिरमा विवाह गरेकी उहाँ गर्भवति हुनु हुन्थ्यो। उहाँका श्रीमान् रोजगारीको लागि भारतमा छन् ।

पोहोर कात्तिकमा सेतीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानीयबासिन्दाले अस्थायी फट्के हालेर ओहोरदोहोर गरिरहेका छन् । गत हप्ता पनि यहाँबाट खसेर एक जना गम्भीर घाइते भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology