Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

खोलामा डुबेर दुई जनाको मृत्यु


2.9K
Shares

खोलामा डुबेर दुई जनाको मृत्यु

काठमाडौं, १ असार । नुवाकोट र नवलपरासी (पश्चिम) मा डुबेर दुई जनाको मृत्यु भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित तोरी स्वाँरा खोलामा डुबेर सोही नगरपालिका–६ सिउरानी बस्ने ६५ वर्षीय मुराली सार्कीको मंगलबार साँझ मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम) को पाल्हिनन्दन गाउँपालिका–२ झरही खोलामा डुबेर सोही गाउँपालिका सुगौली बस्ने धर्मेन्द्र हरिजनको छोरा ११ वर्षीय पवन हरिजनको मंगलबार मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology