Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

प्रथम सहिद दिल ब रम्तेलको २५ औ स्मृति सभाको अबसरमा गोरखामा रक्तदान कार्यक्रम सम्पन्न


2.9K
Shares

प्रथम सहिद दिल ब रम्तेलको २५ औ स्मृति सभाको अबसरमा गोरखामा रक्तदान कार्यक्रम सम्पन्न

जनयुद्धका प्रथम शहिद दिल बहादुुर रम्तेलको २५ औं स्मृती दिवसको अबसरमा आज गोरखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु गोरखा र युवा संघ गोरखाको संयुक्त आयोजनामा गोरखा सदरमुकाममा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
अनेरास्वबियू र युवा संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेको आयोजकले अनेरास्वबियूका गोरखा जिल्ला अध्यक्ष सञ्जीव थापाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेरास्वबियूका नेतृ पञ्चा सिहंले जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेलको बारेमा चर्चा गर्नु भएको थियो । नेतृ सिंहले सहिदको रगतले देखाएको बाटोमा आफु सधै लागिरहने पनि बताउनु भयो । दिलबहादुर जस्ता धेरैको सहदतले गर्दा अहिलेको यो अबस्था आएको भन्दै सहिदको सपना र रगतलाई आफु र आफु रहेको संगठनले कहिल्यै कुठाराघात हुन नदिने पनि बताउनु भयो ।

कार्यक्रमका बिशेष अतिथी नेकपा गण्डकी प्रदेश सदस्य तथा बारपाक सुलिकोट गाउपालिकाका अध्यक्ष बिष्णु भट्ट, यादव शर्मा, सुजन सिंखडा लगायतले मन्तब्य राख्नु भएको थियो । अनेरनस्ववियूका जिल्ला अध्यक्ष सञ्जिव थापामगरको अध्यक्षतामा भएको कार्यक्रमलाई राष्टिय युवा संघ गोरखाका संयोजक असोक शर्माले सन्चालन गर्नु भएको थियो ।

त्यस्तै आजै शहिद रम्तेलको जन्मथलो बारपाक सुलिकोट गाउँपालिकाको ताकुकोटमा पनि स्मृतीसभाको आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology