काठमाडौँ । नेकपाका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस नगर्ने चेतावनी दिनुभएको छ ।
बुधबार बसेको सचिवालय बैठकको निर्णय लगत्तै उहाँले आफु बिरुछ खेलु भएको भन्दै प्रधानमन्त्री ओली केही सचिवालयका सदस्यहरुलाई फोन गरेर उक्त निर्णय स्विकार गर्न चेतावनी दिनुभएको स्रोतले जनाएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने गरि गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने पार्टी सचिवालय बैठकले निर्णय गरेको थियो ।
बैठकमा सर्वसम्मत रुपमा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभाको सदस्यमा लैजाने निर्णय गरेकाले प्रधानमन्त्रीले त्यसलाई उल्ट्याउन नमिल्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले बताउनुभयो ।