Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखा नगरपालिकाका जनप्रतिनिधीलाई स्थानीय सरकार संचालन प्रक्रियाबारे अभिमुखिकरण


2.5K
Shares

गोरखा नगरपालिकाका जनप्रतिनिधीलाई स्थानीय सरकार संचालन प्रक्रियाबारे अभिमुखिकरण

गोरखा, ३० जेठ । गोरखा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीलाई स्थानीय सरकार संचालन प्रक्रियाबारे अभिमुखिकरण गराइएको छ । सोच नेपालको आयोजनामा आइतबार गरिएको अभिमुखिकरण कार्यक्रममा गोरखा नगरपालिकाका १४ वटै वडाका नवनिर्वाचित जनप्रतिनिधी, बिषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षता तथा नगरप्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यता भएको कार्यक्रममा स्थानीय शासन विज्ञ दीपक कोइराला, अधिवक्ता स्थानेश्वर दुवाडी, गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र पत्रकार एवं सोच नेपालका मोहसिन अलि मियाँले सहजीरकण गर्नु भएको थियो।

कार्यक्रममा स्थानीय सरकारका मुख्य सूचकहरु, विशेषता, बार्षिक कार्यक्रम र बजेटको परिचालनका प्रकृया र विधि बारे जानकारी गराइएको थियो ।

कार्यक्रममा न्यायिक समिति तथा स्थानीय सरकार सञ्चालन निर्देशिकामा भएका कानूनी बिषय तथा पाँच बर्षमा गोरखा नगरपालिकामा निर्माण भएका कानून, नीति, कार्यविधी, निर्देशिका तथा कार्ययोजनाहरु, त्यसको कार्यान्वयनको अवस्था, चुनौती र आगामी योजनाका बारे समेत छलफल भएको थियो ।

कार्यक्रमको समापन गर्दै नगरप्रमुख राना मगरले सुन्दर नगर बनाउने योजनाबाट आफु विचलित नहुने बताउनु भयो । त्यस्तै उपप्रमुख मसलीमाया थोकरले पनि नगरपालिकालाई ब्यवस्थित नगर बनाउन सबै एकतावद्ध हुनुपर्नेमा जोड दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology