Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मुग्लिन—आँबुखैरेनी पहिरोले अवरुद्ध सडक खोल्न भित्तो खार्न थालियो


4.8K
Shares

मुग्लिन—आँबुखैरेनी पहिरोले अवरुद्ध सडक खोल्न भित्तो खार्न थालियो

तनहुँ, २७ जेठ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक मुग्लिन—आँबुखैरेनी सडक बिहान पहिरोले सडक भत्केपछि अवरुद्ध यातायात सञ्चालनका लागि भित्तो खार्न थालिएको छ ।

निरन्तर वर्षाका कारण आधा सडक नदीमा खसेपछि यातायात अवरुद्ध भएको छ । भित्तो खारेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनु भयो। डेढ मिटरसम्म भित्तो काटेर एकतर्फीरूपमा साना गाडीसम्म चलाउन सकिन्छ कि भन्ने छ’, उहाँले भन्नु भयो, ‘बेलुकासम्म काम सकेर यातायात सञ्चालन हुन्छ ।’

सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । सर्वसाधारणलाई भने सुरक्षितरूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology