Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

चट्याङ लागेर दुई जनाको मृत्यु


3.6K
Shares

चट्याङ लागेर दुई जनाको मृत्यु

२६ जेठ, सप्तरी । चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ मधवन निवासी ५६ वर्षीय रामजी यादव र ६५ वर्षीय सत्यनारायण यादव रहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो ।

बिहीबार खेतमा काम गरिरहेको बेला वर्षा हुन थालेपछि एउटै छातामा दुवैजना ओत लागेको अवस्थामा चट्याङ लागेर घाइते भएका दुवै जनालाई अस्पताल पुर्‍याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology