काठमाडौं, २६ जेठ । जी—बब नामले परिचित सुदीप भण्डारीको स्वरमा ‘फाइनल्ली भेटियो’ बोलको गीत सार्वजनिक भएको छ।
बुधबार बेलुकी ठमेलस्थित टेन एक्स क्लबमा उनको पहिलो अफिसियल गीतको भिडयो सार्वजनिक गरिएको हो। जी—बबकै शब्द रहेको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्। जी—बब रियालिटी र्याप सोमा ‘मिलेन लेबल तेरो बाउ बोला ए’ र्याप गाएर चर्चामा आएका हुन् ।
एक्सन शैलीमा प्रस्तुत गरिएको गीतको भिडिओमा नायिका सारा सिर्पाली र मोडल डेलविस फिचर्ड छन्।
ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी छ।
नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडियो लाई शिलन लम्सालले सम्पादन गरेका हुन्।
हेर्नुहोस् भिडियोः
https://youtu.be/HlsdPT6kkI0