गोरखा, २३ जेठ । नेकपा क्रान्तिकारी माओबादी पाटी गण्डकी प्रदेश समितिका सदस्य र बैकल्पिक प्रदेश समितिका सदस्य सहित दुई जनाले पार्टी परित्याग गरी नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओबादी केन्द्र गोरखाको पार्टी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच नेकपा क्रान्तिकारी माओबादीका गण्डकी प्रदेश समिति सदस्य छविलाल घले र बैकल्पिक प्रदेश समिति सदस्य अमृत रानामगरले उक्त पार्टी परित्याग गरी माओबादी केन्द्रमा प्रवेश गरेको अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिका उपाध्यक्ष राजन आलेले जानकारी दिनुभयो ।
दुवैजनालाई माओबादी केन्द्र गोरखाका इन्चार्ज कृष्ण धितालले पार्टीमा खादा लगाएर स्वागत गर्नुभएको हो । पार्टी परित्याग गर्दै नेता घले र रानामगरले नेकपा क्रान्तिकारी माओबादीले क्रान्तिको नेतृत्व गर्न नसक्ने र पार्टी बैचारिक द्धन्दमा फसेको बताएका छन् ।