Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

जन्मदिन मनाउन बोलाएर किशोरीमाथि सामूहिक बलात्कार, प्रेमीसहित सात जना पक्राउ


3.2K
Shares

जन्मदिन मनाउन बोलाएर किशोरीमाथि सामूहिक बलात्कार, प्रेमीसहित सात जना पक्राउ

बाँके, २३ जेठ। बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्नको आरोपमा प्रहरीले प्रेमीसहित सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पीडित किशोरीलाई आफ्नो जन्मदिन छ भनेर बोलाउने (प्रेमी)बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ का १७ वर्षीय किशोर र उनका ६ साथीहरू रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेका अनुसार हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूमध्ये १ जना १७ वर्ष, दुई जना १६ वर्षका र अरू १८ वर्षमाथिका छन्।

उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट आइतबार दिनभर खोजतलास गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

फेसबुकबाट चिनजान र प्रेम सम्बन्धमा रहेका युवक हेमराज थारुले जन्मदिन मनाउन बोलाएपछि राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरी बाँके र बर्दिया जिल्लाको सिमानामा पर्ने मानखोलाको जंगलमा पुगेकी थिइन् । त्यहीँ उनको सामूहिक बलात्कार भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology