Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ


2.6K
Shares

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ

काठमाडौं, २० जेठ। महोत्तरीको श्री माध्यामिक विद्यालय एकडाराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ परेका छन् ।

अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार महोत्तरीको जलेश्वर नगरपालिका—२ टाउन प्लानिङस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहानामा बनाई सेवाग्राहीबाट ५० हजार घुस लिएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology