गोरखा १३, फागनु । कालिका सांस्कृतिक कलाकेन्द्रको आयोजनामा यहिँ फागुन १७ गते लाईभ इन गोरखा नामक बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कालिका सांस्कतिक कला केन्द्र गोरखाको आयोजना र दारी ग्याङ गोरखाको सह–आयोजनामा कार्यक्रम गर्न लागिएको गोरखा सदरमुकाममा मंगलबार आयोजित संयुक्त पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । ‘
नेपाल भ्रमण बर्ष २०२० सफल पारौं’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको दारी ग्याङ गोरखाका संयोजक राजेन्द्र लामिछानेले जनकारी दिनुभयो । हरमटारी स्थित खेलकुद मैदानमा हुने कार्यक्रममा चर्चित गायक कर्ण दासको सांगीतिक प्रस्तुती रहनेछ भने गोरखाली तारा साजन गुरुङ लगायतको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रममा गोरखा जिल्ला भित्रका बिभिन्न सांस्कृति उत्थानका लागि स्थानीय स्तरको सांगीतिक नृत्य प्रस्तु गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।
यस्तै कार्यक्रममा नेपालय व्याण्ड चितवन, गोरखा फ्युजन व्याण्ड, द डिस्ट्रक्सन व्याण्ड, म्युजिकल मन्त्र र कालिका सांस्कृतिककला केन्द्रको बिशेष प्रस्तुती समेत रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रममा सहभागी हुन चाहानेहरुका लागि रु ५ सय रुपैयाको टिकटको व्यवस्था गरिएको आयोजक कालिका सांस्कृतिक केन्द्रका प्रमुख कार्यक्रममा शहिद लखन गाउँपालिका गोरखा, बारपाकसुलिकोट गाउँपालिका, गोरखा नगरपालिका, गोरखा नगरपालिका वडा नम्बर ७, मनकामना यातायात प्रा.लि, पालुङटार नगरपालिका लगायतले सहयोग रहने आयोजकले पत्रकार सम्मेलनमा जनाइएको छ ।
कार्यक्रममा नाफा भएको रकम मध्ये २० प्रतिसत रकम सामाजिक दारी ग्याङ मार्फत सामाजिक सेवाको क्षेत्रमा खर्च गरिने जनाइएको छ । यसअघि पनि दारी ग्याङ गोरखाले आर्थिक अभावमा उपचार समस्या भोगिरहेकाहरुलाई आर्थिक सहयोग, सरसफाईका काम, शैक्षिक क्षेत्र लगायत अन्य सामाजिक क्षेत्रका समाजसेवाको काम गर्दै आईरहेको छ । कार्यक्रमम सम्पन्न गर्न करि ८ लाख ४५ हजार रुपैया खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । जसमध्ये टिकट मार्फत नै धेरै रकम संलकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।