Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पोहोरकै प्रश्न सोधेर टियूले लियो मास्टर्सको परीक्षा


1.5K
Shares

पोहोरकै प्रश्न सोधेर टियूले लियो मास्टर्सको परीक्षा

काठमाडौं, १९ जेठ । त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्रको मास्टर्स डिग्रीको प्रश्नपत्र बनाउँदा लापरबाही गरेको देखिएको छ।

मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपालि हुबहु प्रश्न सोधेर मूल्यांकन प्रक्रियामा लापरबाही गरेको गुनासो विद्यार्थीहरूले गरेका छन्।

बुधबार भएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्न दोहोर्‍याएको हो। प्रश्नपत्रमा ‘एक्स्प्लेन’ र ‘डिस्क्राइब’ भन्ने शब्द मात्रै तलमाथि गरिएको छ।

६० पूर्णाङ्कको परीक्षामा दुई खण्डमा गरी १३ वटा प्रश्न सोधिएका हुन्छन्। ती सबै प्रश्न पोहोर सालका प्रश्नसँग हुबहु मिलेका छन्।

त्रिविको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख शिव अधिकारीले प्रश्नपत्र दोहोरिएको स्वीकार गर्नु भएको छ।

प्रश्नपत्र बैंकबाट छनौट गर्दा पुरानो प्रश्नपत्र परेको उहाँले बताउनु भयो।

यसपालिको प्रश्न

पत्रपोहोरको प्रश्नपत्र

प्रश्नपत्र बैंकमा पहिलेका वर्षमा भइसकेका परीक्षाका प्रश्नपत्र पनि रहने भएकोले यसपालि त्यही प्रश्नपत्र दोहोरिएको उहाँको दाबी छ।

‘भूलवश यसपालि गत वर्षकै प्रश्नपत्र पर्‍यो। प्रश्नपत्र छनौट गर्ने व्यक्तिहरूलाई यो विषयमा सबै कुरा हेक्का भएन,’ उहाँले भन्नु भयो, ‘कोर्स बाहिरको प्रश्न परेको छैन, गत वर्षकै दोहोरिएको हो। प्रश्नहरू सामान्यतस् दोहोरिरहने भए पनि यसपालि भने सेट नै दोहोरिएको हुँदा प्रश्न उठ्यो।’

परीक्षा सकिइसकेकाले अब स्थगित नहुने उहाँले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology