Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मेयर बालेनले रियालिटी शो ‘नेपहपको श्रीपेच’ मा निर्णायकको भूमिकालाई निरन्तरता दिने


2.9K
Shares

मेयर बालेनले रियालिटी शो ‘नेपहपको श्रीपेच’ मा निर्णायकको भूमिकालाई निरन्तरता दिने

काठमाडौं, १९ जेठ । काठमाडौंका मेयर बालेन शाहले रियालिटी शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिएका छन्।

काठमाडौंको मेयरमा निर्वाचित भएपछि पनि बालेनले र्‍याप गायनमा आधारित  ‘नेपहपको श्रीपेच’ रियालिटी शोमा निर्णायक भूमिकामा निरन्तरता दिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिनु भयो।

उहाँले बालेन कार्यालयको काममा निकै व्यस्त भएता पनि शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिएको बताउनु भयो।

‘बालेन मेयर भए पश्चात पनि एउटा एपिसोड छाँयाकन गरेर प्रसारण गरिसकेको उहाँले जानकारी दिनु भएको छ ।

बालेनको व्यस्ततालाई ख्याल गर्दै सुटिङको समय सजिलो हुने गरी निर्धारण गरिएको उहाँको भनाई छ।

उहाँले कार्यक्रमको एग्रिमेन्टअनुसार नै बालेन निर्णायकको रूपमा निरन्तरता भएको बताएका छन्।

शोको निर्णायक मण्डलमा मानस घले र गिरीश खतिवडा दुई र्‍यापर समेत छन्। ग्रान्ड फिनाले असार १४ गते हुने खड्काले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology