Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

साउथका सुपरस्टार प्रभासको ‘आदिपुरुष’ पाँच सय करोडमा बन्दै


2.8K
Shares

साउथका सुपरस्टार प्रभासको ‘आदिपुरुष’ पाँच सय करोडमा बन्दै

काठमाडौं, १९ जेठ । साउथका सुपरस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ ५ सय करोडको बजेटमा निर्माण हुन लागेको छ । भारतीय सबैभन्दा महँगो फिल्ममध्ये एक ‘आदिपुरुष’ हुने बताइएको छ ।

यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हुनेछ । भूषणकुमार फिल्मका निर्माण हुन् । भूषणकुमारले ‘आदिपुरुष’ को बजेट ५०० करोड रहेको बताएका छन् । फिल्मका निर्देशक ओम राउत हुन् । निर्देशक राउतले फिल्मबाट भगवान रामलाई बुझ्ने प्रयास गरेको बताएका छन् । फिल्म ‘रामायण’ को रूपान्तरण हो । फिल्ममा प्रभास भगवान श्रीरामको भूमिकामा देखिनेछन् ।

फिल्ममा प्रभासका अलावा सैफ अली खान, कृति सेनन र सन्नी सिंह पनि मुख्य भूमिका छ । फिल्ममा कृति सेनन सीताको भूमिकामा छन् । फिल्म १२ जनवरी २०२३ मा विश्वभर २० हजारभन्दा बढी पर्दामा रिलिज गरिने बताइएको छ । यो भारतीय फिल्ममा अहिलेसम्मको सबैभन्दा ठूलो विश्वव्यापी रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology