काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु भएको छ ।
बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।
भेटमा देउवाले ५ वर्षको कार्यकालमा पूर्ण समर्थन गर्ने आश्वासन दिनु भएको छ । ‘महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाले भन्नु भयो।