Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

तारा एयरको विमान दुर्घटनाः १० जनाको शव काठमाडौं ल्याइयो


4.3K
Shares

तारा एयरको विमान दुर्घटनाः १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरु मध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ ।

तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याइएको छ । ती शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जानकारी गराएको छ ।

शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिनेछ तारा एयरका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । उद्धार टोलीले एक जनाको शव खोजी गररहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology