Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

विदेश पढ्न जानेले २ प्रतिशत शैक्षिक कर तिर्नुपर्ने


2.8K
Shares

विदेश पढ्न जानेले २ प्रतिशत शैक्षिक कर तिर्नुपर्ने

काठमाडौं, १६ जेठ । अब विदेश पढ्न जानेले २ प्रतिशत शैक्षिक कर तिर्नु पर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको सरकारले करको दायरा विस्तार गर्दै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरु २ प्रतिशत शैक्षिक शुल्क असुल्ने भएको हो ।

यस्तो शुल्क विदेश पढ्न जाने विद्यार्थीले विदेशी मुद्राको सटही सुविधा दिँदा बैंक तथा वित्तीय संस्थाले २ प्रतिशत शिक्षा सेवा शुल्क लगाई असुल गर्नुपर्ने र सम्बन्धित कर कार्यालयमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको हो ।

कर नीतिको बुँदा ८ को (१) बमोजिम यस्तो व्यवस्था गरेको सरकारले खण्ड (२) को उपदफा (१) बमोजिम विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैंक वा वित्तीय संस्थाले शिक्षा सेवा शुल्क बापत संकलन गरेको रकम अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ ।

(३) को उपदफा (२) बमोजिमको म्यादभित्र कुनै बैंक वा वित्तीय संस्थाले शिक्षा सेवा शुल्कको रकम दाखिला नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज असुली गरिने समेत सरकारले कानुनी व्यवस्था गरेको छ ।

तर, सोही नियमको (४) को उपदफा (१) बमोजिम सटही सुविधा लिई शिक्षा सेवा शुल्क बुझाएका तर विदेशमा अध्ययन गर्न जान नपाएका विद्यार्थीले विदेशी मुद्रा फिर्ता गरेमा शिक्षा सेवा शुल्क बापतको कर फिर्ता पाउने व्यवस्था गरिएको छ । यसका लागि आन्तरिक राजस्व विभागले तोकेको प्रक्रिया बमोजिम सम्बन्धित बैंक वा वित्तीय संस्थामार्फत फिर्ता दिइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology