Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको मूल्य बढ्यो, कतिमा हुदैँ छ कारोबार ?


3.1K
Shares

सुनको मूल्य बढ्यो, कतिमा हुदैँ छ कारोबार ?

काठमाडौं, १६ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ सामान्य बढेको जानकारी दिएको हो ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ ।

यस्तै, आज चाँदीको मूल्य समेत उकालो लागेको छ । महासंघले प्रतितोला ५ रुपैयाँले बढ्दै चाँदीको कारोबार मूल्य १२ सय ८५ रुपैयाँ पुगेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology