गोरखा, १५ जेठ । गोरखा सदरमुकाममा पहिलो पटक जेष्ठ नागरिक हरुलाई लक्षित गर्दै जेष्ठ नागरिक दिवासेवा केन्द्र सञ्चालनमा आएको छ । जेष्ठ नागरिक संघ गोरखा शाखाले गोरखा नगरपालिका ६ को रानीपोखरी परिषरमा रहेको सोह्र खुट्टे पार्टीमा आज एक कार्यक्रम गरी जेष्ठ नागरिक दिवासेवा केन्द्रको उद्घाटन गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गोरखा नगरपालिकाका मेयर कृण्ण रानाले जिल्लमा जेष्ठ नागरिक दिवासेवा केन्द्रको उदघाट्न हुनु सहरनीय काम भएको बताउनु भयो । ‘सबै मानिस एक दिन जेष्ठ नागरिक हुन्छन्, उनीहरु अनुभवका खानी हुन् ।’ उहाँले भन्नु भर्यो त्यसैले जेष्ठ नागरिक दिवासेवा केन्द्रको उदघाट्न एउटा सहरनीय काम हो । मेयर रानाले नगर क्षेत्र भित्रको जेष्ठ नागरिकहरुलाई ब्यवस्थापन गर्ने बिषयमा गोरखा नगरपालिकाले कार्यक्रम सार्वजनिक गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
मेयर रानाले समाज परिवर्तनका लागि पनि जेष्ठ नागरिकको भुमिका महत्व पुर्ण हुने भन्दै नगरको सबै वडाहरुमा जेष्ठ नागरिकको दिनाचार्य सरल बनाउन संघको समन्वयमा दिवासेवा केन्द्र सञ्चालनमा ल्याउनु पर्ने बताउनु भएको छ।
कार्यक्रमका बिशेष अतिथी उप मेयर मसली मायाँ थोकर पुनले संघले सदरमुकाममा दिवासेवा केन्द्र खोलेर नमुना काम गरेको भन्दै नगर क्षेत्र भित्रको सबै वडामा यस्ता सेवा केन्द्र खोल्नु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो।

संघले आइतबारदेखी सञ्चालनमा ल्याएको दिवासेवा केन्द्रमा जेष्ठ नागरिकहरु जम्मा भएर भजन कृतन तथा भेटघाट गरेर अनुभव साटासाट तथा मनोरञ्जन लिन सक्ने संघको उद्वेश्य रहेको अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले जेष्ठ नागरिक हुन पाउनु भाग्यमानी भएको बताउनु भयो । सोह्र खुट्टे पार्टीमा अवस्थित पुष्कल तिर्थ गोरखाको मुटु भएकाले यसको संरक्षण गर्ने/ नगर्ने भनेर उहाँले उपस्थित सम्पूर्णमा प्रश्न समेत गर्नु भएको छ । गणतन्त्र दिवशको अवसर पारेर सञ्चालनमा ल्याएको केन्द्र दैनिक दिउँसो १ः०० बजेदेखी खुल्ला रहने र साँझ बन्द हुने छ ।
केन्द्रमा जम्मा भएका सबै जेष्ठ नागरिकलाई चिया र बिस्कुट समेत दैनिक ब्यवथापन गरिएको पनि संघले जनाएको छ ।मेयर राना र उप मेयर पुनले पानसमा बत्ति बाली रिबन काटेर केन्द्रको उदघाट्न गर्नु भएको थियो ।

कार्यक्रममा मेयर राना र उप मेयर पुनसहित सहायक प्रशाशकिय अधिकृत कमल राज भण्डारी , संघका उपाधयक्ष दिल बहादुर बस्नेत, वडा नं. ६ का वडाध्यक्ष राजेन्द्र बहादुर जोशी, उद्योग वाणिज्य संघ गोरखा अध्यक्ष कुष्ण कुमार श्रेष्ठ, जेष्ठ नागरिकको तर्फबाट नारायण भक्त अज्याललगायतले मनतव्य राख्नु भएको थियो ।