Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बस दुर्घटना हुँदा सात सैनिकको मृत्यु


5.6K
Shares

बस दुर्घटना हुँदा सात सैनिकको मृत्यु

एजेन्सी, १३ जेठ । भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना सैनिकको मृत्यु भएको छ।

तुर्तुक क्षेत्रमा बस दुर्घटना हुँदा सात जना सैनिकको मृत्यु भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।

शुक्रबार २६ जवान बोकेको बस सडकबाट चिप्लिएर श्योक नदीमा खसेको थियो। उक्त बस नदीमा खस्दा सात जनाको मृत्यु भएको हो।

दुर्घटनामा परी अन्य सैनिकहरू समेत गम्भीर घाइते भएको जनाइएको छ।

घाइतेहरूको उपचारका लागि पहल भइरहेको सेना स्रोतले बताएको टाइम्समा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology