चितवन, १३ जेठ । भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटना भएको छ।
शुक्रबार दिउँसो उहाँ चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो। उहाँ सवार प्रदेश ३—०१—०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ।