काठमाडौं, १२ जेठ । अभिनेता पल शाह विरुद्धको मुद्दाको सुनुवाइ आज (बिहीबार) पनि स्थगित भएको छ ।
उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ ।
नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।