Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

चट्याङ लागेर ४५ वर्षीया महिलाको मृत्यु


3.9K
Shares

चट्याङ लागेर ४५ वर्षीया महिलाको मृत्यु

काठमाडौं, ११ जेठ । चट्याङ लागेर गुल्मीमा एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४ म्यालपोखरी निवासी ४५ वर्षकी राधिका भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताउनु भयो ।

भट्टराईलाई आफ्नै गोठमा गाईवस्तुलाई घाँसपात गर्नेक्रममा चट्याङ लागेको प्रहरीले जनाएको छ । मृतको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology