चितवन, ९ जेठ । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतको अग्रता लिनु भएको छ ।
उहाँले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत प्राप्त गर्नु भएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् । विजय भन्दा रेनु १० हजार १२६ मत अन्तरले अगाडि हुनु हुन्छ ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार ४२२ मत अन्तरले अगाडि छन् । चित्रसेनको मत ४५ हजार ४६८ र हिमलाको मत २७ हजार ४६ छ ।