Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बुहारीको हत्या गर्ने ससुरा बुहारी जेल चलान


2.7K
Shares

बुहारीको हत्या गर्ने ससुरा बुहारी जेल चलान

सिन्धुली । बुहारीको हत्या गरेको अभियोगमा पक्राउ परेका सिन्धुली गोलञ्जोरका यज्ञप्रसाद चौलागार्इंलाई जेल चलान गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोठाटारबाट पक्राउ गरी केन्द्रीय कारागारमा उनलाई चलान गरेको छ ।

२०७३ साल असोज ३० गते तुलसाकुमारी पहाडीको हत्यामा ७३ वर्षका ससुरा चौलागाई र देवरानी नाता पर्ने ३५ वर्षका टिकाकुमारी चौलागार्इंको संलग्नता रहेको देखिएको भन्दै उच्च अदालत पाटनले २०७६ जेठ १० गते जनही २० वर्षको कैद फैसला गरेको थियो ।

तुलसाको हत्यामा ससुरा बुहारीकै संलग्नता रहेको फैसला उच्च अदालतले गरेपछि उनीहरु काठमाडौँमा लुकिछिपी रहँदै आएका थिए । सीबीआईका प्रवक्ता बेलबहादुर पाण्डेले जारी गर्नुभएको विज्ञप्तिअनुसार, सिन्धुली जिल्लाको साविकको भिमेश्वर गाउँ विकास समिति वडा नम्बर ९ नयाँकुलो नजिकै तुलसाकुमारी पहाडीको मृत शरीर २०७३ साल असोज ३० गते फेला परेको थियो ।

तुलसाको हत्या नै भएको भन्दै माइती पक्षले प्रहरीमा उजुरी दिएपछि प्रहरीले परिवार भित्रैबाट अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology