Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

श्रीलंकामा हट्यो संकटकाल


3.3K
Shares

श्रीलंकामा हट्यो संकटकाल

एजेन्सी, ७ जेठ । आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ ।

झण्डै दुई सातापछि संकटकाल हटाएको हो । ​सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गरेका थिए ।

राजापाक्षेले एक महिनामा दोस्रो पटक आपतकाल घोषणा गरेका थिए ।

शुक्रबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology