Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा दोहोर्‍याएर उम्मेदवारी दिएका ६ उपप्रमुख : ५ जना विजयी, एक पराजित


10.5K
Shares

गोरखामा दोहोर्‍याएर उम्मेदवारी दिएका ६ उपप्रमुख : ५ जना विजयी, एक पराजित

गोरखा, ७ जेठ । गोरखा जिल्लकाका ११ पालिकामध्ये ६ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए । तत्कालिन पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ५ जना विजयी भएका छन् । एक जना भने पराजित भएका छन् ।

नेपाली काग्रेसबाट उम्मेदवारी दिएका गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीसहित  नेकपा माओबादी केन्द्रबाट शहीद लखनको उपाध्यक्ष रहनु भएकी इन्दिरा तिवारी, माओबादी केन्द्रबाट नै बारपाक सुलिकोटको उपाध्यक्ष सनमाया गुरुङ दोश्रो पटक विजयी हुनु भएको छ।

यस्तै, नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका सिरान्चोक गाउँपालिका उपाध्यक्ष रिता देवकोटा र आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली पनि पुनः विजयी हुनु भएको हो ।

तर, कांग्रेसकै तर्फबाट धार्चे गाउँपालिकको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएका फूलमाया गुरुङ भने पराजित हुनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology