पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको मतगणना स्थल बाहिरबाट प्रहरीले हैरानी दिने २ जनालाई पक्राउ गरेको छ । मतगणनास्थलमा हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरिएको हो ।
पक्राउ परेका मध्ये एक जनाको साथबाट प्रहरीले जनमत पार्टीको प्रतिनिधि परिचय पत्रको फोटोकपी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अर्का एकजनाको साथमा मिति सकिएको सुरक्षाकर्मीको परिचयपत्र भेटिएको छ । उनीहरुबारे वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको छ