गोरखा, ५ जेठ । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ४ मा नेपाली कँंग्रेसको प्यानल नै विजयी भएको छ ।
कांग्रेसका उम्मेदवार पेमा ग्याल्पो लामा १ सय ५६ मतका साथ वडा अध्यक्षमा विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका छिरीङ छेम्बोलले ८५ मत प्राप्त गर्नुभयो ।
बाँकी चार वडा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार नै विजयी भएका छन् ।