Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पालुङटारमा गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्र विजयी, मेयरमा चिन्तन र उपमेयरमा पाण्डे


3.2K
Shares

पालुङटारमा गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्र विजयी, मेयरमा चिन्तन र उपमेयरमा पाण्डे

गोरखा, ५ जेठ । गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्र बिजयी बनेको छ ।

नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तन (अजय)ले ६ हजार ७२ मत प्राप्त गरी विजयी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका मेयर पदका उम्मेदवार प्रेम गुरुङले ५ हजार ७ सय १७ मत प्राप्त गर्नु भयो ।

माओवादीका उम्मेदवार चिन्तनसँग गठबन्धनका उम्मेदवार गुरुङ ३ सय ५५ मतले पराजित हुनु भएको हो।

नगरपालिकाका निवर्तमान मेयर नेपाली कांग्रेसका उम्मेदवार दिपकबाबु कँडेलले ४ हजार ९ सय ९७ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे विजयी हुनु भएको छ ।

उहाँले ५ हजार ५७९ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी कांग्रेसकी चेतकुमारी श्रेष्ठलाई पराजित गर्नु भएको हो । श्रेष्ठले ५ हजार ७७ मत प्राप्त गर्नु भयो ।

गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठकले भने ४ हजार २८१ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology