Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा नगरपालिकामा माओबादी केन्द्रका रानामगर बिजयी, उपमेयरका काग्रेसकी थोकर बिजयी


5.2K
Shares

गोरखा नगरपालिकामा माओबादी केन्द्रका रानामगर बिजयी, उपमेयरका काग्रेसकी थोकर बिजयी

गोरखा, ४ जेठ : गोरखा नगरपालिकाको मयेरमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बिजयी भएको छ । आज सम्पन्न मतगणनामा माओबादी केन्द्रका उमेद्वार कृष्णबहादुर रानामगरले ८ हजार ९ सय ६४ मत प्राप्त गर्दै बिजयी हुनुभएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ । यसअघि गोरखा नगरपालिकाका मयेर समेत रहनु भएका काग्रेसका पन्तले कुल ७ हजार १ सय ८ मत मात्र प्राप्त गर्नुभयो ।

माओबादी केन्द्रका रानामगरले काग्रेसका पन्तले भन्दा १ हजार ८ सय ५६ मत बढी प्राप्त प्राप्त गर्दै मेयरमा बिजयी हुनुभएको हो । गोरखा नगरपालिकामा नेकपा माओबादी केन्द्र र जनता समाजबादी पार्टीको चुनावी गठबन्धन बनेको थियो । यस अघि २०७४ को स्थानीय तहको निर्वाचनमा रानामगर पन्तसंग पराजित हुनुभएको थियो ।

त्यस्तै नगरपालिकाको उपमेयरमा भने काग्रेसकी मसली माया थोकर (सपना पुन) बिजयी हुनुभएको छ । उहाँले जनता समाजबादी पार्टीका उपमयेरका उमेद्वार नारायण खत्रीलाई पराजित गर्दै बिजयी हुनुभएको हो । थोकरले कुल ७ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी जसपाका उमेद्वार खत्रीले ६ हजार ७ सय १८ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रबिलाल सुवेदीले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका तेस्रो स्थानमा रहेको नेकपा एमालेका मेयर पदका उमेद्वार सम्झना देवकोटाले ४ हजार ९ सय ९ मत प्राप्त गर्नुभयो भने एमालेबाट उपमेयरका उमेद्वार बन्नु भएका देवी बस्नेतले कुल ४ हजार ९ सय ३४ मत प्राप्त गर्नुभएको छ । १४ वटा वडा रहेको गोरखा नगरपालिकाका सवै वडाको मतगणना आज सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology