गोरखा, ४ जेठ । गोरखाको पालुङटार नगरपालिका वडा नं ५ मा जसपाका उम्मेदवार दिपक पाण्डे प्यानलसहित विजयी हुनु भएको छ ।
उहाँले ८ सय ८५ मतका साथ विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मान बहादुर आलेले ४ सय ७७ मत प्राप्त गर्नु भयो ।
वडा सदस्यमा पनि जसपाका उम्मेदवार विजयी भएका छन् ।