Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

को हुन् गठबन्धनलाई पराजित गर्दै बिजयी हुनुभएकी गोरखा नगरपालिकाकी उपमेयर थोकर !


33.9K
Shares

को हुन् गठबन्धनलाई पराजित गर्दै बिजयी हुनुभएकी गोरखा नगरपालिकाकी उपमेयर थोकर !

गोरखा, ४ जेठ । गोरखा नगरपालिकाको उपमेयरमा नेपाली काग्रेसकी मसली माया थोकर (सपना पुन)  निर्वाचित हुनुभएको छ । रामेछाप जिल्लामा जन्मनु भएकी थोकरको बाल्यकाल भने सिन्धुली जिल्लामा बित्यो । रामेछापमा जन्म भएपनि परिवार नै सिन्धुली जिल्लामा बसाइ सरेपछि उहाँको बाल्यकालदेखि युवावस्थासम्मको क्षण सिन्धुली नै बित्यो ।

बि.स २०४३ साल बैशाख १० गते बुबा नन्दलाल थोकर र आमा कान्छी माया थोकर कोखबाट जन्मनुी भएकी उहाँ सानै देखि सामाजिक सेवा क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । स्कुल जिवनदेखि नै नेपाली काग्रेसको बैचारिक राजनीतिक आस्थासंग जोडिनु भएकी थोकरले बि.स २०६१ मा रौतहट जिल्लाको चन्द्र निगाहपुर स्थित दुर्गा मा.बिबाट एसएलसी उर्तिण हुनुभयो । प्रबिणता प्रमाणपत्र तहसम्मको अध्ययन सम्पन्न गरेकी उहाँले बि.स २०६६ सालबाट औपचारिक रुपमा आफ्नो राजनीतिक यात्राको प्रारम्भ गर्नुभयो ।

हाल नेपाल महिला संघ गोरखाकी सहसचिव तथा नेपाली काग्रेसको महाधिबेशन प्रतिनिधिको रुपमा पार्टीको जिम्मेवारी सम्हाली राख्नु भएको छ । त्यस बाहेक पनि बिभिन्न सामाजिक संघसंस्थमा आबद्ध भई निरन्तर समाजसेवामा क्रियाशिल थोकर यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखा नगरपालिकाको उपप्रमुखमा बिजयी हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology