Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको धार्चेमा कांग्रेस ‘क्लिनस्विप’


3.4K
Shares

गोरखाको धार्चेमा कांग्रेस ‘क्लिनस्विप’

गोरखा, ४ जेठ । गोरखाको धार्चे गाउँपालिकामा नेपाली काँग्रेस ‘क्लिनस्विप’ भएको छ । ७ वटा वडा रहेको उक्त गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका बिजयी भए भने कुनै पनि वडामा काँग्रेसले जित हात पार्न सकेन ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सन्तोष गुरुङको लज्जास्पद हार भएको छ । बिजयी भएका माओावादी केन्द्रका लक्ष्मण गुरुङले ३ हजार ७७१ मत पाउदै गर्दा काग्रेसका गुरुङले १ हजार ९७६ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादीकै सुनिला गुरुङले पनि कांग्रेसबाट उम्मेदवारी दिएकी फुलमाया गुरुङलाई फराकीलो मतअन्तरले हराउदै विजयी हुनुभएको छ। विजयी सुनिलाले ३ हजार ७७९ मत पाउदाँ कांग्रेसकी फुलमायाले १ हजार ९७६ मत मात्र प्राप्त गर्नुभयो।

पराजित कांग्रेसका दुवै उम्मेदवार यस अघिका सोही गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology