Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा माओबादीको बर्चस्व, नतिजा सार्वजनिक भएका ७ मध्ये ६ पालिकामा जित


8.7K
Shares

गोरखामा माओबादीको बर्चस्व, नतिजा सार्वजनिक भएका ७ मध्ये ६ पालिकामा जित

गोरखा, ४ जेठ : गोरखाका स्थानीय तहहरुमा माओबादी केन्द्रले यस पटकको निर्वाचनमा आफ्नो बर्चस्व कायम गरेको छ । आज बिहानसम्म निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएका जिल्लाका ७ स्थानिय तहमध्ये ६ स्थानीय तहमा माओबादी केन्द्रले जित निकालेको निर्वाचन कार्यालयले जनाएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एघार स्थानीय तहमध्ये दुई पालिका मात्र जितेको माओबादी केन्द्रले यो पटकको स्थानीय तहको निर्वाचनमा भने जिल्लामा बर्चस्व कायम गर्न सफल भएको हो । अन्तिम मत परिणाम सार्वजनिक भएका ७ पालिका मध्ये माओबादीले धार्चे गाउँपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, शहीद लखन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको छ ।
त्यस्तै भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिकामा माओबादी केन्द्रले अध्यक्ष जितेको छ । यि दुई गाउँपालिकाको उपाध्यक्षमा भने काग्रेसले जित निकाल्न सफल भएको निर्वाचन कार्यालयले जनाएको छ । त्यस बाहेक अन्तिम मतपरिणाम सार्वजनिक भएका ७ मध्ये आरुघाट गाउँपालिकामा मात्र नेपाली काग्रेसले जितेको हो ।

भीमसेन थापा गाउँपालिकामा नेकपा माओबादी केन्द्रका उमेद्वार लोकप्रसाद बन्जरा ५ हजार ६ सय ५१ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्धन्दी नेपाली काग्रेसका रोसन गुरुङले ५ हजार १ सय १६ मत ल्याएर पराजित हुनुभएको हो । त्यस्तै उपाध्यक्ष नेपाली काग्रेसकी अमृतादेवी वस्ती ९भट्ट० ५ हजार १ सय ४७ मत ल्याएर बिजयी हुनुभयो भने माओबादी केन्द्रकी जुुनुमाया श्रेष्ठ ४ हजार ९ सय ४७ मत प्राप्त गरी वस्तीसंग पराजित हुनुभयो ।

आरुघाट गाउँपालिकामा नेपाली काग्रेसका राजु गुरुङ ५ हजार ५ सय ५६ मत ल्याएर पालिका अध्यक्ष बिजयी हुनभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कृष्ण नेपालीले ४ हजार ८ सय ३३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काग्रेसकी कल्पना नेपालीले ४ हजार ८ सय ३३ मत ल्याएर बिजयी हुनुभयो । उहाँसंग पराजित हुनुभएकी एमालेकी उमेद्वार सिता दाहाल ३ हजार ८ सय १६ मत प्राप्त गर्नुभयो ।

अजिरकोट गाउँपालिका अध्यक्षमा माओबादी केन्द्रका दिपक देवकोटा ३ हजार ७ सय ८७ मत ल्याएर बिजयी हुनुभयो भने उपाध्यक्षमा माओबादी केन्द्रकै अनिता भुजेलले ३ हजार ५ सय ३२ मत ल्याएर बिजयी हुनुभएको छ । अजिरकोटमा अध्यक्षका निकटतम प्रतिद्धन्दी काग्रेसका गोबिन्द बहादुर गुरुङले ३ हजार २ सय ८९ र उपाध्यक्षमा काग्रेसकी इन्द्रा गुरुङले ३ हजार ३ सय ६१ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

गण्डकी गाउँपालिकाका अध्यक्षमा माओबादी केन्द्रका दिपक तिमिल्सिना ९साकार० ले ६ हजार २ सय २६ मत प्राप्त गर्दै काग्रेसका होमबहादुर रानालाई पराजित गर्नुभएको छ । रानामगरले कुल ४ हजार ६ सय ५५ मत मात्र प्राप्त गर्नुभएको हो । त्यस्तै उपाध्यक्ष जनता समाजबादी पार्टीका भीमनारायण श्रेष्ठलाई पराजित गर्दै नेपाली काग्रेसकी ललिता अधिकारीले बिजयी हुनुभएको छ । अधिकारीले ४ हजार ८ सय २१ मत ल्याएर बिजयी हुनुभएको हो ।

माओबादी केन्द्रले धार्चे गाउँपालिकामा पनि अध्यक्ष अध्यक्ष उपाध्यक्ष नै जितेको छ । धार्चे गाउँपालिका अध्यक्षमा काग्रेसका सन्तबहादुर गुरुङलाई पराजित गर्दै माओबादी केन्द्रका लक्ष्मण गुरुङ ३ हजार ७ सय ७१ मत ल्याएर बिजयी हुनुभएको हो । धार्चेमा उपाध्यक्षमा माओबादी केन्द्रकी सुनिला गुरुङले ३ हजार ७ सय ७९ मत ल्याएर काग्रेसकी फुलमाया गुरुङलाई पराजित गर्न सफल हुनुभएको छ । काग्रेसकी उपाध्यक्षकी उमेद्वार गुरुङले १ हजार ९ सय ७६ मा प्राप्त गर्दै पराजित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

उता शहीद लखन गाउँपालिका पनि माओबादी केन्द्रले जितेको छ । शहीद लखन गाउँपालिकामा माओबादी केन्द्रका रमेशबाबु थापामगर ५ हजार ४ सय ७४ मत ल्याएर बिजयी हुुनभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका नारायण लामिछाने ४ हजार ४ सय १७ मत ल्याएर पराजित हुनुभएको हो । उपाध्यक्षमा माओबादी केन्द्रकी इन्दिरा तिवारीले ४ हजार ९ सय ९६ मत ल्याएर काग्रेसकी शर्मिला श्रेष्ठ ९४११७० लाई पराजित गर्नुभएको हो ।

गोरखा जिल्लाका ११ स्थानीय तहमध्ये अब ४ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुन बाँकी छ । जिल्लाको चुमनुव्री गाउँपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology