गोरखा, ३ जेठ । गोरखाको पालुङटार नगरपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर पौडेल प्यानलसहित विजयी हुनु भएको छ ।
माओबादीका उम्मेदवार पौडेलले ६ सय ३५ मत प्राप्त गरेर विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद सोडारीले ५ सय ५९ मत प्राप्त गर्नु भयो ।
वडाको बाँकी चार सदस्यमा पनि माओबादी केन्द्रका उम्मेदवार नै विजयी भएका छन् ।